fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विश्वकप क्रिकेट : अफगानिस्तान र बंगलादेश आज भिड्ने

विश्वकप क्रिकेट : अफगानिस्तान र बंगलादेश आज भिड्ने

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्ग सोमबार अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको साउथहृयाम्पटनमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । बंगलादेश तेस्रो जित निकाल्दै सेमिफाइनलको सम्भावनालाई जिवितै राख्न चाहन्छ भने अफगानिस्तान पहिलो जितको खोजिमा हुनेछ । अफगानिस्तान विश्वकपबाट यसअघि नै बाहिरिसकेको छ ।

अफगानिस्तानले भारतविरुद्धको खेलमा कसिलो बलिङ गरेपनि ब्याटिङमा सुधार गर्न नसक्दा ११ रनको झिनो हार बेहोर्न बाध्य भएको थियो । मोहमद सामीले अन्तिम ओभरमा लगातार तीन विकेट लिएपछि अफगानिस्तान पराजित भएको थियो ।

बंगलादेशको ब्याटिङ उत्कृष्ट लयमा छ । बलिङमा भने सुधारको खाँचो देखिन्छ । बंगलादेशको ६ खेलबाट ५ अंक छ ।

प्रकाशित समय ११:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु