fbpx
Nepal Mediciti

गृहपृष्ठ कतार र पाराग्वेले बराबरी खेले

कतार र पाराग्वेले बराबरी खेले

कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को दोस्रो खेलमा एसियाली च्याम्पियन कतार र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।

२–० गोलले पछि परेको अवस्थाबाट कतार माथि उठेको थियो । कतारले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । चौथो मिनेटमै ओस्कार कार्डोजोले पेनाल्टीमा गोल गरी पाराग्वेलाई अग्रता दिलाए ।

डेरिस गोन्जालेजले ५६ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएपछि कतार हारउन्मुख भएको थियो । कार्डोजोले गरेको दोस्रो गोल भने भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले मान्यता दिएन ।

६८ औं मिनेटमा कतारले खेलमा फर्कने आश देखायो । अल्मोएजले उत्कृष्ट गोल गर्दै कतारका लागि गोलको खाता खोले । त्यसको ८ मिनेटपछि बौलेम खौखीको प्रहारले पोस्टको दिशा पायो । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो ।

समूह ‘बी’ मा ३ अंक जोड्दै कोलोम्बिया शीर्षस्थानमा छ । कतार र पाराग्वे १–१ अंकसहित दोस्रो स्थानमा रहँदा अंकविहीन अर्जेन्टिना पुछारमा छ । कतारले अब कोलोम्बियासँग खेल्ने छ भने पाराग्वेले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय ०९:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु