fbpx
Nepal Mediciti

गृहपृष्ठ विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई हरायो

विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई हरायो

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित हात पारेको छ ।

वर्षाले प्रभावित खेलमा आइतबार राति पाकिस्तानलाई ८९ रनले हराउँदै भारतले अपराजित यात्रालाई कायमै राखेको हो । वर्षाका कारण छोट्याइएको खेलमा पाकिस्तानले ४० ओभरमा ३ सय २ रनको लक्ष्य पाएको थियो ।

४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि पाकिस्तानले ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रनको योगदान गरे पनि जितका लागि पर्याप्त र्भन । बाबर अजामले ४८ रन बनाए । इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन जोडे ।

लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानलाई वर्षाले निकै सताएको थियो । भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३६ रन बनाएको थियो । ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरे । रोहितले ११३ बलमा १४० रनको योगदान गरे । अर्का ओपनर केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले ।

कप्तान विराट कोहलीले ७७ र हार्दिक पाण्ड्या २६ रनमा आउट भए । बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट लिए । जितसँगै भारतले ४ खेलबाट ३ मा जितका साथ ७ अंक जोडेको छ । भारतले पाँचौ खेलमा शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप क्रिकेटमा पाकिस्तान भारतसँग सबै ७ खेलमा पराजित भएको हो ।

प्रकाशित समय ०७:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु