fbpx
Nepal Mediciti

गृहपृष्ठ एनआरटीसँग च्यासल युथ क्लब ४-१ गोलले पराजित

एनआरटीसँग च्यासल युथ क्लब ४-१ गोलले पराजित

football-newskarobar

चौथो संस्करणको ललित स्मृति अठार वर्षमुनि (यु–१८) फुटबल च्याम्पियनसिपमा न्युरोड टिम (एनआरटी)ले च्यासल युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले च्यासललाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

एनआरटीका लागि राजन माझीले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए । तर, पहिलो हाफको ४४औँ मिनेटमा च्यासलका श्याम लोपचन तामाङले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा एनआरटीले खेल आफ्नो पक्षमा पा-यो । खेलको ५४औँ मिनेटमा कृतिशरत्न छुन्जु, ८२औँ मिनेटमा सुजन शर्मा र ८७औँ मिनेटमा विवेक राईले गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए ।

असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लब सहभागी छन् । प्रतियोगितामा जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, जावला खेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज र न्युरोड टिम एनआरटी सहभागी छन् ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले डेढ लाख नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित समय १७:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु