fbpx
Nepal Mediciti

गृहपृष्ठ युरोकप छनोटमा सोमबार १२ खेल सम्पन्न, स्पेनको शानदार जित

युरोकप छनोटमा सोमबार १२ खेल सम्पन्न, स्पेनको शानदार जित

ramos-newskarobar

युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति १२ खेल भएका छन् । राति भएको खेलमा स्पेन विजयी भएको छ । समूह एफ अन्तर्गतको खेलमा स्पेनले स्विडेनलाई ३-० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा स्पेनले तीनै गोल दोस्रो हाफमा गरेको हो । दुई गोल पेनाल्टीमार्फत भए । ६४औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ८५औँ मिनेटमा पाएको पेनाल्टीमा अल्भारो मोराटाले गोल गरे । त्यसको दुई मिनेटपछि मिकेल ओयार्जाबालले गोल गरे । रामोस यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेका छन् । उनले स्पेनबाट १२३ खेल जितेका छन् ।

अन्य खेलमा नर्वेले फारोइ आइल्याण्डलाई २-० तथा रोमानियाले माल्टालाई ४-० ले पराजित गरेको छ । त्यस्तै, रिपब्लिक अफ आयरल्याण्डले जिब्रालटारलाई २-०, कोसोभोले बुल्गेरियालाई ३-२, चेक गणतन्त्रले मन्टेनेग्रोलाई ३-०, सर्बियाले लिथुवानियालाई ४-१, युक्रेनले लग्जेम्बर्गलाई १-०, डेनमार्कले जर्जियालाई ५-१, स्लोभेनियाले लात्भियालाई ५-०, अस्ट्रियाले उत्तरी मेसेडोनियालाई ४-१ र पोल्याण्डले इजरायललाई ४-० ले हराएका छन् ।

प्रकाशित समय ०६:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु