fbpx
Nepal Mediciti

गृहपृष्ठ पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

पाकिस्तानसँगको तेस्रो वान डे खेलमा इंग्ल्यान्डले सहज जित हात पारेको छ । ओपनर जोनी बेयरस्टोले उत्कृष्ट शतक प्रहार गरेपछि इंग्ल्यान्डले ६ विकेटको सहज जित निकालेको हो ।

मंगलबार राति सकिएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै पाँच एक दिवसीयमा सिरिजमा इंग्ल्यान्डले २–० को अग्रता लिएको छ । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४४.५ ओभरमा ४ विकेट पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले १ सय २८ रनको सतकीय योगदान दिए । अर्का ओपनर जोसन रोएले ७६ रनको योगदान दिए । जो रुटले ४३ र बेन स्टोक्स ३७ रनमा रन बनाउँदै आउट भए । मोइन अली ४६ र कप्तान ओइन मोर्गन १७ रनमा अविजित रहे । पाकिस्तानका लागि जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले समान १ विकेट हात लिए ।

ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५८ को सम्मानजनक योगफल बनाएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले १ सय ५१ रनको योगदान दिए ।

आशिफ अलीले ५२, ह्यारिस सोहेल ४१, बाबर आजम १५, फखार जमान २, सरफराज अहमिद २७ रनमा आउट भए । ईमाद वासिम २२, फहिम असरार्फले १३ रन जोडे । हसन अली १८ रनमा अविजित रहे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले ४ विकेट लिए । टम करनले २ र डेविड विल्ली र लियाम प्लन्केटको नाममा समान १ विकेट रह्यो । चौथो खेल आगमी शुक्रबार हुने छ ।

प्रकाशित समय ०७:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु