fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ बद्रि पंगेनीको ‘रङ्गशाला बन्छ नेपालीको’

बद्रि पंगेनीको ‘रङ्गशाला बन्छ नेपालीको’

चर्चित गायक बद्रि पंगेनी र पूर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् ।
‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले आफैंले दिएका छन् । गीतमा पूर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपाली आफैंले सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरिएको छ ।
खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

 

प्रकाशित समय १९:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु