fbpx
Nepal Mediciti

गृहपृष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने गैरआवासीय नेपाली टोली सहभागी हुने

आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने गैरआवासीय नेपाली टोली सहभागी हुने

सात मुलुकबाट नौ खेलमा २४ जना खेलाडीको घोषणा

गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँने भएको छ । सात प्रदेश, तीन विभागीयसंँगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने छ ।

गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो । संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको खेलकुदको महाकुम्भ आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउँदा निकै उत्साही भएको संघले जनाएको छ । इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदले प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो । विदेशमा रहेका नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैरआवासीय नेपाली संघसँग राष्ट्रिय खेलकुद परिषदले खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य राखी सम्झौतासमेत गरिसकेको छ । सम्झौता बमोजिम गैरआवासीय नेपाली खेलाडीहरुको हिस्सेदारी गैरआवासीय नेपाली संघले सुनिश्चित गर्ने र आगामी दिनहरुमा गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी हुने बाटो खोल्ने सहमति भएको हो ।
आगामी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएइ, मकाउ, जापान र हंगकंग गरी ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा २४ जना खेलाडी सहभागी हुँदैछन् ।

विदेशमा रहेका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुले त्यहाँ पेशा व्यवसाय संगै आधुनिक समयमा विकास गरिएका खेलका विधि, प्रविधि र व्यवस्थालाई समेत नजिकबाट नियाल्दै आएका छन् । एनआरएनएले आगामी दिनमा संसारभर रहेका गैरआवासीय नेपाली खेलाडी, प्रशिक्षक र रेफ्रीहरु समेटी एक स्रोत साधनले सम्पन्न गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान विकास गर्ने सम्बन्धमा छलफल भैरहेको जनाएको छ ।

प्रकाशित समय १७:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु