गृहपृष्ठ ४ हजार ८५८ पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

४ हजार ८५८ पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८५८ पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला १३३ र पुरूष २०६ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

आज थप १० जनाको कोरोनाको कारण मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या २ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार ४०१ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ पुगेको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ । जसमध्ये ३ हजार २४० आइसोलेसनमा र १३२ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु