fbpx
corona information

गृहपृष्ठ संघीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक : अध्यक्ष यादव

संघीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक : अध्यक्ष यादव

फाइल तस्विर

जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

संघीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमका कारण संघीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको छ बताए ।

अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने र प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन नहुने जानकारी दिए । उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको बताए । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले नेपाल भारतबीच रहेका सबै विवाद र समस्याको निकास वार्ता र संवादबाटै खोजिनुपर्ने भने ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एंव नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गर्नेमा कुनै शङ्का नरहेको बताए । उनले नेपालमा देखापरेका ऐतिहासिक मुद्दाहरुमा सर्वोच्चले सधैँ लोकतन्त्र र जनताको पक्षमा फैसला गरेकाले प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा कुनै शंका नरहेको प्रस्ट पारे ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु