गृहपृष्ठ चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार बिहान ०१:३० बजे चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित सडक खण्डबाट २ जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ परेकाहरूमा धादिङ गल्छी गाउँपालिका बस्ने २७ वर्षीय बिजय तामाङ १८ वर्षीय आइतराज तामाङ रहेका छन् । महाशाखाका अनुसार उनीहरू प्रदेश ३-०२-०११प ७२४१ नम्बरको कालोरातो रङको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ परेको हुन् । उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

कीर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल चोभारबाटै हराएको भनी ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३-०२,०१४ प ०३३९ रहेको बताएको छ । हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु