fbpx
corona information

गृहपृष्ठ पाँचथरको कुम्मायकमा दुईवटा घरमा आगलागी, ७० लाखको क्षति

पाँचथरको कुम्मायकमा दुईवटा घरमा आगलागी, ७० लाखको क्षति

पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ७० लाखको क्षति भएको छ । कुम्मायक १ ओखलढुंगा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट थापाको ढुंगा र माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुंगा र माटोले बनेको फुसको छानो भएको दुई तले भान्छाघर, चौपाया राख्ने ढुंगा र माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली तथा नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

यस्तै डिकबहादुर थापाको ढुंगा र माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुंगा र माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा तथा नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उनले बताए । स्थानीय र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टापछि आगो निभाएको थियो ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु