fbpx
corona information

गृहपृष्ठ झापामा दुई लाखले लिए राष्ट्रिय परिचयपत्र

झापामा दुई लाखले लिए राष्ट्रिय परिचयपत्र

rastriya parichaya patra- newskarobar

झापाका १५ स्थानीय तहमध्ये ६ वटाले राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकामा दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन् ।

६ स्थानीय तहका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि सुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ १९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण सुरु गरेको बताए ।

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर सुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, बिर्तामोडमा ३४ हजार ४७१ र कनकाईमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

‘कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो,’ सहायक प्रजिअ पाण्डेले भने, ‘पालिकाका वडामा दैनिक ६ देखि आठवटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।’ छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उनले जानकारी दिए । झापापछि टोली मोरङ जानेछ । (रासस)

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु