गृहपृष्ठ भन्सार छली ल्याएको ५८ बोरा युरिया मल बरामद
भन्सार छली ल्याएको ५८ बोरा युरिया मल बरामद

शिवराज नगरपालिका- ७, बेउवा बस्ने ३४ वर्षीय भगवती प्रसाद कहारलाई भन्सार छली ल्याएको ५८ बोरा युरिया मलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटीएको प्रहरीले लु. १ त १४२५ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा करिब ४६ हजार ४ सय रुपैयाँ बराबरको उक्त मल फेला पारी ट्याक्टरसहित उनलाई पक्राउ गरेको हो । बरामद मल ट्याक्टरसहित भन्सार कार्यालय कृष्ण नगरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:१६ बजे