fbpx
corona information

गृहपृष्ठ कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण

कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण

शुक्रबार थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका दुई जिल्लामा २० जना र अन्य प्रदेशका दुई जनामा गरी २२ जनामा कोरोना भाइरस पुष्टि भएको हो । शुक्रबार कोरोना भाइरस पुष्टि हुनेहरुमा सुर्खेतका १५ जना, दैलेखका पाँच जना र अन्य प्रदेशका दुई जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्यांक छ ।

प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी–पीसीआर परीक्षणमा २० जना र दैलेख अस्पताल पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि हुनेहरुको संख्या ६ हजार ९७१ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रदेशभर विभिन्न आइसोलसनमा ३९५ जना सक्रिय संक्रमित रहेको कँडेलले बताए । उनका अनुसार सुर्खेतमा २१२, दैलेखमा २६, जाजरकोटमा १३, सल्यानमा १२४, रुकुम पश्चिममा चार, जुम्लामा १३, कालिकोटमा एक, हुम्लामा एक र मुगुमा एक जना रहेका छन् । डोल्पा जिल्लामा भने कोरोनाका सक्रिय संक्रमित छैनन् । शुक्रबार नै ६० जना कोरोनामुक्त भएसँगै कर्णालीमा कोरोना मुक्त हुनेहरुको संख्या ६ हजार ४२६ रहेको छ । हालसम्म कर्णालीमा १९ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु