गृहपृष्ठ राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा मोटरसाइकल र्याली
राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा मोटरसाइकल र्याली

‘पश्चिमाञ्चलवासी नेपाली जनता’ नामक संगठनको आयोजनामा पोखरामा मोटरसाइकल र्याली प्रर्दशन भएको छ । राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा बुधबार मोटरसाइकल र्याली भएको हो ।
पोखराको अमरसिंह चोकबाट सुरु भएको र्याली विरौटा, मुस्ताङचोक, पृथ्वीचोक, न्युरोड, लेकसाइड, चिप्लेढुंगा हुँदै मानवअधिकार चोकमा पुगरे कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले ‘धर्म रक्षा, राष्ट्र रक्षा’, ‘राजा आउ देश बचाउ’, ‘हिन्दू राष्ट्र पुनर्स्थापना’ लगायतका नारा लगाएका थिए ।
प्रकाशित समय १७:५४ बजे