गृहपृष्ठ पेस्तोल र मानिस बेहोस पार्ने रसायनसहित पक्राउ

पेस्तोल र मानिस बेहोस पार्ने रसायनसहित पक्राउ

वीरगंज महानरगपालिका- ११, दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका- १०, सुदामा घर भएका ४९ वर्षीय जितेन्द्रप्रसाद सिंहलाई १ थान पेस्तोल, ४ राउण्ड गोली, १ थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५ सय एमएलको १ बोतल Anaesthetic Ether I.P सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सिंहको घरमा अवैध हातहतियार लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ताबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु