गृहपृष्ठ पेस्तोल र गोलीसहित पक्राउ

पेस्तोल र गोलीसहित पक्राउ

फाइल तस्बिर ।

उर्लाबारी नगरपालिका- ६, रमाइलो टोलबाट ताप्लेजुङ फक्ताङ्लुङ गाउँपालिका- २ बस्ने ३२ वर्षीय पेम्वा सांगे शेर्पालाई १ थान पेस्तोल, ३ राउण्ड गोली र १ थान म्यागजिनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शेर्पाले झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु