fbpx
corona information

गृहपृष्ठ नशालु पदार्थ खुवाई लुट

नशालु पदार्थ खुवाई लुट

lutpat-newskarobar सांकेतिक तस्बिर ।

नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् ।

भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ । मगरका परिवारजनसँंग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीका इन्स्पेक्टर पदम भण्डारीले बताए । (रासस)

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु