fbpx
corona information

गृहपृष्ठ बैतडीको पुर्चौंडीमा ११ गाई मृत फेला

बैतडीको पुर्चौंडीमा ११ गाई मृत फेला

फाइल तस्बिर

बैतडी जिल्लामा आज शुक्रबार ११ गाई मृतावस्थामा फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका-६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयले खबर गरेको र  प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिए ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए ।  गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले बताइन् ।  उनले भनिन्, ‘पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।’

नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजिकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । ‘गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ’, प्रेम साउँदले भने, ‘पानीको मूहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।’ (रासस)

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु