fbpx
corona information

गृहपृष्ठ वडाध्यक्ष झुण्डिएको अवस्थामा फेला

वडाध्यक्ष झुण्डिएको अवस्थामा फेला

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका-५ का वडाध्यक्ष कृष्ण रोकाया झुण्डिएको अवस्थामा फेला परेका छन् । सोही वडास्थित मध्यवर्ती किसान सामुदायिक वनमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार वडाध्यक्ष रोकाया शुक्रबार बिहान ७ बजे घरबाट निस्केका थिए । उनको घर घटनास्थलभन्दा करिब २ सय मिटरको दूरीमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु