गृहपृष्ठ नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप
नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा दरबन्दी थपसम्बन्धी उक्त निर्णय गरेको हो ।
गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि मन्त्रिपरिषद्ले एक एआईजीसमेत थप गर्ने निर्णय गरेको बताइएकाे छ । मन्त्रिपरिषद्को आधिकारिक पत्र भने प्रहरी प्रधान कार्यालयमा नपुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कठायतले जानकारी दिए ।यसअघि सरकारले चैतमा २६ डीआईजीको दरबन्दी रहेको प्रहरीमा १२ दरबन्दी कटौती गरेर १३ मात्रै कायम गरेको थियो । बिनाअध्ययन डीआईजीको दरबन्दी कटौती गरेको भन्दै प्रहरीमा त्यसको विरोध भएको थियो ।
प्रकाशित समय १८:४७ बजे