fbpx
corona information

गृहपृष्ठ राजतन्त्रको पक्षमा प्रदर्शन : राजनीतिक दलको विकल्प राजा नै हुने दाबी

राजतन्त्रको पक्षमा प्रदर्शन : राजनीतिक दलको विकल्प राजा नै हुने दाबी

कुनैबेला राजा फाल्नकै लागि आन्दोलन र प्रदर्शन भए । राजा हटाएर गणतन्त्र स्थापना भयो, देश संघीयतामा गयो । अहिले फेरि राजतन्त्रको पक्षमा प्रदर्शन र र्‍यालीहरु हुन थालेका छन् । बिहीबार धनगढीमा संवैधानिक राजतन्त्र पुनर्बहालीको माग गर्दै प्रदर्शन भएको छ ।

स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिमको आयोजनामा ‘राजा आउ देश बचाउ’ भन्ने नारासहित प्रर्दशन भएको हो । धनगढीबाट सुुरु भएको मोटरसाइकल र्‍याली अत्तरिया हुँदै पुनः धनगढी फर्केर कोणसभामा परिणत भएको थियो । विभिन्न राजनीतिक दलका काम देखेर जनता खिन्न भइसकेको भन्दै अब राजाको विकल्प नरहेको सहभागीहरुले दावी गरेका छन् ।

कार्यक्रमका सहभागीहरुले राजनीतिक दलको विकल्प राजा नै हुने र राजसंस्था स्थापना भए भ्रष्ट्राचार पनि अन्त्य हुने बताए । सबै राजनीतिक दलका काम र कुराले नागरिक आक्रोशित भएको स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम युवा संयोजक सम्राट सिहंले बताए । ‘परिवर्तनका नाममा कयौँ जनताले ज्यान गुमाए । कयौँका घर रित्तिए । त्यसको प्रतिफल जनताले पाएनन्,’ सिंहले भने । जनतालाई ठगेर, सताएर सत्तामा गएकाहरुले आज जनताका दुख बिर्सिएको उनले आरोप लगाए । जनताले पनि राजा नै मागिरहेकाले अब जनसहभागितामै राजा ल्याउने र देशलाई डुब्नबाट बचाउने उनको दाबी छ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु