fbpx
corona information

गृहपृष्ठ संखुवासभामा अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय

संखुवासभामा अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय

bomb-bisfot सांकेतिक तस्बिर ।

पाँचखपन नगरपालिका- ४, फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना-खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए ।

बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे खाँदबारीस्थित सेनाको बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ ।

बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ । खाँदबारी-वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय वानामा खबर गरेका थिए । संखुवासभामा यही मंसिर १ गते चैनपुर नगरपालिका- ४. मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ । चन्द कार्यकर्ताले पछिल्लो समय संखुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु