गृहपृष्ठ दियालो टेक्नोलोजिजलाई ‘सिड स्टार्स वर्ल्ड’ पुरस्कार

दियालो टेक्नोलोजिजलाई ‘सिड स्टार्स वर्ल्ड’ पुरस्कार

नेपालमा खानेपानी समितिहरूलाई डिजिटबलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रालि ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धा २०२०/२०२१’का लागि नेपालबाट विजयी बनेको छ ।

नेपाललगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिस्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो । मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्डप्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्नेछ ।

‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै हर्षित छौँ । हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ,’ अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने ।

नेपालमा दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ । यस्तै दियालोले सार्वजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलोपटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु