गृहपृष्ठ ‘रोक, हेर र जाउ’ पालना गराउँदै ट्राफिक प्रहरी

‘रोक, हेर र जाउ’ पालना गराउँदै ट्राफिक प्रहरी

सवारी चालकहरूले शाखा सडकबाट मुख्य सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँ (Stop, Look & Go)लाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन् । सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानीजस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुख्य सडकमा सहजै निस्कन (Stop, Look & Go)का ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ

उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए । । ‘सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाईएको हो,’ उनले भने ।

 उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३/३ घण्टा ट्राफिक प्रहरी खटिनेछन् । बुधबार बिहान मात्रै तीन हजार पाँच सयको हाराहारीमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाईबुझाई गरि पालना गर्नसमेत ट्राफिक प्रहरीले सुझाएको छ । यस्ता बोर्डहरू काठमाडौ उपत्यकाको मुख्य सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मुख्य सडकमा निस्कने सवारी चालकहरूले स्वअनुशासित भई उक्त Stop, Look & Go (रोक, हेर र जाउँ)को नियम पालना गरी जाम तथा दुर्घटनारहित सहज यात्रा गरी सभ्य सडक संस्कृतिको विकास गर्न सम्पूर्ण सवारी चालकहरूलाई महाशाखाको अनुरोध छ ।

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु