गृहपृष्ठ सचिवालय बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार एक बजे बस्छ : प्रवक्ता श्रेष्ठ

सचिवालय बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार एक बजे बस्छ : प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने बताएका छन् । ट्वीट गर्दै उनले दिउँसो एक बजे नै सचिवालय बैठक बस्ने बताएका हुन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

 

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु