fbpx
corona information

गृहपृष्ठ देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

accident_newskarobar

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही-भालुवाङ सडकखण्डको लमही नगरपालिका १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए । महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु