fbpx
corona information

गृहपृष्ठ प्रधानमन्त्रीका भाषण लेख्ने नै ६ जना !

प्रधानमन्त्रीका भाषण लेख्ने नै ६ जना !

PM Oli_NewsKarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले उखान-तुक्का मिसाएर गर्ने भाषण त लोकप्रिय नै छ, यसबाहेक उनले विभिन्न अवसरमा सरकारका आलोचकहरूप्रति कटाक्ष गरेर गर्ने भाषण होस् वा विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सभासम्मेलनमा गर्ने भाषण पनि उत्तिकै चर्चित हुने गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीका भाषणहरू संकलन गरेर दुई वटा किताबहरू म प्रधानमन्त्री हुँदा र मेरो आकांक्षा नै प्रकासित गरिसकिएको छ । यी दुवै किताबका अंग्रेजी अनुवाद पनि गरिएका छन् ।

आफैमा भाषण गर्न माहिर प्रधानमन्त्री ओलीले भाषण, मन्तव्य लेख्नैका लागि ६ जनालाई आफ्नो सचिवालयमा नियुक्ति गरिएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रकासित गरेको एक दस्तावेजअनुसार प्रधानमन्त्री ओलीको निजी सचिवालयमा ६ जना भाषण, मन्तव्य तथा वक्तव्य मस्यौदा विज्ञ छन् ।

यस्तै, एक जना प्रेस सल्लाहकार, ६ जना नै सूचना प्रविधि तथा सञ्चार विज्ञ तथा १ जना कार्यक्रम उत्पादन तथा प्रशारण विज्ञ छन् ।

यी पदमा करारमा राखिएका ‘विज्ञ’लाई शाखा अधिकृतसरह तलबभत्ताको व्यवस्था गरिएको हुन्छ । यस्ता भाषण लेख्ने र प्रचारप्रसार गर्ने/गराउने ‘विज्ञ’को तलबभत्तामा नै मासिक औसत सवा ५ लाख रूपैयाँ खर्च हुने गरेको देखिन्छ ।

यसबाहेक प्रधानमन्त्रीको छुट्टै सल्लाहकार समूह र विज्ञ समूह पनि छ । प्रधानमन्त्रीको सल्लाहकार सचिवालयअन्तर्गत प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार सूर्य थापा, आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरे कार्यरत रहेको प्रधानमन्त्रीको कार्यालयले उल्लेख गरे पनि विज्ञ समूहमा को को छन भन्ने नाम भने खुलाएको छैन ।

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु