fbpx
corona information

गृहपृष्ठ टोखामा छुरा प्रहार गरी एक जनाको हत्या

टोखामा छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौँको टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको हत्या भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या गरिएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा अपरिचित मानिसले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु