fbpx
corona information

गृहपृष्ठ देहरादुनमा नेपाली विद्यार्थी पिटिएको घटनाप्रति सरकार गम्भीर : परराष्ट्र मन्त्रालय

देहरादुनमा नेपाली विद्यार्थी पिटिएको घटनाप्रति सरकार गम्भीर : परराष्ट्र मन्त्रालय

Pararastra-Mantralaya

सरकारले भारत उत्तराखण्डको देहरादुनस्थित एक विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको मन्त्रालयले स्पष्ट पारेको छ । सञ्चारमाध्यममा ५१ नेपाली विद्यार्थी कुटिएको समाचार सम्प्रेषण भएको थियो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिएकी छन् ।

देहरादून घटनाबारे प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको र घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नुका साथै भविष्यमा यस्ता घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बताइन् । हाल नेपालमा रहेका नयाँ दिल्लीस्थित दूतावासका ‘काउन्सुलर’ प्रकाश अधिकारीले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग छलफल गरेको पनि परराष्ट्रले जनाएको छ ।

प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताएकी छन् । उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिइन् । (रासस)

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु