fbpx
corona information

गृहपृष्ठ विश्वभर ४ करोड ४० लाख कोरोना संक्रमित, नेपालमा १ लाख ६० हजार

विश्वभर ४ करोड ४० लाख कोरोना संक्रमित, नेपालमा १ लाख ६० हजार

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ । सन् २०१९ डिसेम्बर ३१ तारिखका दिन चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरस विश्वभरका २१६ देश र भूभागसम्म फैलिँदा मंगलबार साँझसम्ममा ४ करोड ३९ लाख १० हजार मानिस संक्रमित भएका हुन् ।

कोरोनाको उद्गम स्थल वुहान एवं चीनका अन्य सहरहरू कोरोनामुक्त भइरहँदा विश्व भने त्राहीमाम छ । चीनको जनजीवन सामान्य भइसकेको छ । युरोपका केही सहरमा नियन्त्रणमा आएको कोरोना जनजीवन सामान्य बनाइएसँगै अप्रत्यासित ढंगले बढेको छ । मध्यपूर्वी एसियाली देशहरूमा पनि संक्रमण तीव्रगतिमा फैलिँदै गएको छ ।

कोरोना संक्रमणबाट हालसम्म विश्वभर ११ लाख ६६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३ करोड २२ लाख ४८ हजार उपचारमुक्त भइसकेका छन् । हाल उपचाररत १ करोड ४ लाख ९५ हजारमध्ये करिब ८० हजारको अवस्था चिन्ताजनक छ ।

विश्वकै शक्तिशाली देश अमेरिकामा सबैभन्दा बढी ८९ लाख ६६ हजार, भारतमा ७९ लाख ४९ हजार, ब्राजिलमा ५४ लाख ११ हजार, रुसमा १५ लाख ४७ हजार र फ्रान्समा ११ लाख ६५ हजार संक्रमित फेला परेका छन । त्यस्तै हालसम्म अमेरिकामै सर्वाधिक २ लाख ३१ हजार, ब्राजिलमा १ लाख ५७ हजार, भारतमा १ लाख १९ हजार, मेक्सिकोमा ८९ हजार र बेलायतमा ४४ हजारको ज्यान गइसकेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । मंगलबार ५७० नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै मंगलबार १४ थपिएसँगै मृतकको संख्या ८७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ८४३ जना उपचारपछि घर फर्किसकेका छन् भने ४० हजार ६८१ जना उपचाररत छन् ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु