गृहपृष्ठ परिवारमा सीमित भएर पर्व मनाऔँ : सभामुख

परिवारमा सीमित भएर पर्व मनाऔँ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेको स्थानमा चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

विगतमा जस्तो यसपटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यो वर्षका चाडपर्व कोभिड १९ लाई परास्त गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताए । सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोनाभाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित समय २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु