fbpx
corona information

गृहपृष्ठ ‘गर्लफ्रेन्डसम्बन्धी विवाद’मा भक्तपुरमा भारतीय नागरिकको हत्या

‘गर्लफ्रेन्डसम्बन्धी विवाद’मा भक्तपुरमा भारतीय नागरिकको हत्या

‘गर्लफ्रेन्डसम्बन्धी विवाद’मा भक्तपुरमा भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई भक्तपुर नगरपालिका १ इँटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्दै आएका ३५ वर्षीय शाहिव हुसैनको शनिबार राति हत्या भएको हो ।

हत्यामा उनीसँगै काम गर्ने २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता प्रहरी बयव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए । अभियुक्त दुवै जना भारतीय नागरिक हुन् । शनिबार राति उनीहरु तीनै जना सँगै बसेर रक्सी खाएका थिए ।

राति ९ बजेतिर कारखाना फर्किंदै गर्दा इटापाकोस्थित नरकट घारीमा पुगेपछि सानुको गर्लफेन्डको विषयमा शाहिवसँग विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘विवादका क्रममा शाहिवलाई सानु र सलमान दुबै जनाले ढुंगाले अनुहार र टाउकोमा हिर्काएर हत्या गरी खोल्सामा फालेको पाइयो,’ उनले भने । शाहिवको शव आइतबार बिहान करिब ८ बजे इटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा भेटिएको थियो ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु