fbpx
corona information

गृहपृष्ठ कतारी राजदूत हेल भन्छन्‑ नेपालका नागरिक विश्वकै राम्रा

कतारी राजदूत हेल भन्छन्‑ नेपालका नागरिक विश्वकै राम्रा

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग भएको बताएका छन् । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा र सुन्दर भएको उनको भनाइ छ ।

घुमघामका क्रममा कपिलवस्तु पुगेका राजदूत हेलले नेपाल अति नै सुन्दर देश रहेको बताए । उनी कतारमा रहेका कपिलवस्तुका नागरिकको परिवार र बालबालिकाको अवस्था बुझ्न आएका हुन् । रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी दिए । उनले कपिलवस्तुका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न स्थानीयबासीसँग आग्रह गरे ।

कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि नेपाल सरकारसँग कतार हातेमालो गर्न तयार रहेको उनले बताए । राजदूत हेलले रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको पनि अवलोकन गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अकबाल शाहले राजदूतलाई कृष्णनगर क्षेत्रको अवलोकन गराएका थिए । नेकपाको भ्रातृ संगठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले कतारमा रहेका नेपालीको तलब बढाउनुपर्ने प्रस्ताव राखे । राजदूत हेल आजै साँझ काठमाडौँ फर्किएका छन् । (रासस)

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु