fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

फाइल तस्बिर ।

कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड- १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका- ९ सुर्खेतका ४२ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

दश दिनदेखि टाइफाइड ज्वरोका कारण स्वास्थ्य संस्थामा उपचार गराइरहेको उनको शनिबार बिहान मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । टाइफाइडको उपचार गराइरहेका उनलाई प्रदेश अस्पताल सुर्खेतमा आकस्मिक कक्षको प्रि-आइसोलेसन युनिटमा भर्ना गरिएको थियो । बिरामीलाई सास फेर्न अप्ठ्यारो भएपछि कोरोनाको आशंकामा आजै बिहान ६ बजे स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

उनको मृत्यु भएको केही समयपछि आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएको महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसका कारणमा ज्यान गुमाउनेको संख्या १३ पुगेको स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रकाशित समय १४:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु