fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सार्वजनिक जग्गा उपयोगको लागि स्वीकृत

सार्वजनिक जग्गा उपयोगको लागि स्वीकृत

फाइल तस्बिर

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको विभिन्न स्थानमा रहेका सातवटा सार्वजानिक जग्गा उपयोगको लागि नेपाल सरकारबाट स्वीकृत प्राप्त गरेको छ । प्रदेशको तीन जिल्ला कास्की, स्याङ्जा, तनहुँअन्तर्गतबाट उक्त सार्वजनिक जग्गामा गण्डकी प्रदेश सरकारले नयाँ भौतिक संरचना निर्माण गर्ने भएको छ ।

पुराना संरचनाहरु गुजारामुखी भएकाले नयाँ भौतिक संरचनाहरु निर्माणको लागि सरकारी जग्गा लिनु परेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । सो जग्गा फेदी खोलाअन्र्तगत गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन, पोखरा महानगरपालिका ३३ मा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान परिसर, वडा नं. २६ मा आयुर्वेद चिकित्सालयको भौतिक संरचना निर्माण तथा जडिबुटी प्रर्वद्धन, वडा ३२ गण्डकी विश्व विद्यालय भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ ।

त्यस्तै पोखरा ३ महेन्द्रपुलमा रहेको क्षेत्रीय हुलाक निर्देशानालय भुइतलाबाहेक भवन उपयोग र बगरमा नगर विकास प्रशिक्षण केन्द्र स्थापनाको लागि जग्गा प्राप्ति भएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित समय १३:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु