fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु

वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु

खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । उनी नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।

नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका २० का निर्वाचित वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । (रासस)

प्रकाशित समय ११:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु