fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सुदूरपश्चिम विश्वविद्यालयको जग्गा फिर्ता

सुदूरपश्चिम विश्वविद्यालयको जग्गा फिर्ता

सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ । सुकुम्बासी भूमिहिन बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो ।

विश्व विद्यालयको जग्गामा डेढ दशकदेखि बस्दै आएका ४२ परिवारले सात विगाह जग्गा फिर्ता गरेका छन् । विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो । वास्तविक सुकुम्बासीको लगत संकलन गर्ने, बसोबासका लागि पहल गर्ने, वैकल्पिक व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गर्ने, जमिन भोगचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सीपमूलक, आयमूलक रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लगायतका भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरबीच सहमति भएपछि जग्गा फिर्ता गराइएको बताइएको छ ।

गहुँ खेतीका लागि विश्वविद्यालयको जग्गामा बस्दै आएका प्रति परिवारलाई सात हजार पाँच सय रूपैयाँ रकम उपलव्ध गराउने सहमतिसमेत भएको छ । सुकुम्बासी अगुवा पार्वती दुलाले विश्वविद्यालयको जग्गामा बस्दै आएका परिवारको जीविकोपार्जन र बसोवासको व्यवस्था मिलाउने सहमतिपछि जग्गा छाडिएको बताए ।

विश्वविद्यालयको विकासका लागि सबैको सहयोग रहेको उनले बताए । ‘घरबारविहीन परिवारको उचित पुर्नस्थापनको कार्यसमेत गरिनुपर्छ,’ उनले भने । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले सुकुम्बासी, भूमिहीन परिवारले विश्वविद्यालयको जग्गाको संरक्षण नगरेको भए भू-माफियाहरुले कब्जा गरिसक्थे भने । ‘जग्गा फिर्ता गरेकोमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ,’ नगरप्रमुख बिष्टले भने ।

प्रकाशित समय १०:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु