fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सेवाग्राहीसँग २४ हजार घुस लिने वडाध्यक्ष र कार्यालय सहयोगी निलम्बनमा

सेवाग्राहीसँग २४ हजार घुस लिने वडाध्यक्ष र कार्यालय सहयोगी निलम्बनमा

जनकपुरधाम उपमहानगरपालिका १३ का वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिपकुमार पञ्जियार निलम्बनमा परेका छन् ।

वडाध्यक्षले एक जना महिला सेवाग्राहीको नागरिकता सिफारिसका लागि २४ हजार रुपैयाँ लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले कार्यालय सहयोगी दिलिपकुमार पञ्जियारलाई रंगेहात पक्राउ गरेका थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेपछि दुवै जना स्वतः निलम्बनमा परेका हुन् । कार्यालय सहयोगीले आफू सचिव हो भन्दै नागरिकता सिफारिसका लागि सेवाग्राहीसँग ३० हजार माग गरेको थियो ।

वडाध्यक्षको मिलोमतोमा कार्यालय सहयोगीले नागरिकता सिफारिसका लागि २४ हजार रुपैयाँ लिदै गर्दा कार्यालय सहयोगी पक्राउ परेका थिए । अख्तियारले सेवाग्राहीसँग नागरिकता सिफारिसका लागि वडाध्यक्षले नै पैसा मागेको र कार्यालय सहयोगीमार्फत लिन लागेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डलले भनेअनुसार नै कार्यालय सहयोगी पञ्जियारले घुसबापत २४ हजार रुपैया लिएको तथ्य प्रमाणसहित पुष्टि भएको छ । सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १३:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु