fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ झापामा सशस्त्रका ११ बीओपी, अरु सात थपिँदै

झापामा सशस्त्रका ११ बीओपी, अरु सात थपिँदै

फाइल तस्बिर

भारतको पश्चिम बंगाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए ।

उनले झापामा अरु सातवटा बीओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागूऔषधको कारोबार, तस्करीलगायत अपराध रोक्न सीमाका बीओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए । झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बीओपी स्थापना भइरहेका छन् । बीओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने बताए । भारतको पश्चिम बंगालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बीओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बीओपीको लक्ष्य भएको बताए । (रासस)

प्रकाशित समय ११:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु