fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते

किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते

काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । स्थानीय निलकुमारी क्षेत्रीकाे घरमा सिलिन्डर विस्फोट प्रहरीले जनाएकाे  छ।

काठमाडाैं प्रहरी परिसरका प्रवक्ता एसपी साेमेन्द्रसिंह राठाेरका अनुसार विस्फोटबाट वरिपरिका १० वटा घरमा क्षति पुगेकाे छ । घाइतेहरू लैनचाैरस्थित मनमाेहन अस्पताल र बालाजुस्थित पिपुल्स अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेमध्ये तीन जनाकाे अवस्था चिन्ताजनक छ । कुन सिलिन्डर, के कारणले विस्फोट भयाे भन्नेबारे अनुसन्धान भइरहेकाे एसपी राठाेरले बताए ।

प्रहरीका अनुसार नीलकुमारीको ससुरा केही दिनअघि बितेको र घरमा हाल किरियाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:५८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु