fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना संक्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले बिहीबार सूचना जारी गरी अर्को सूचना जारी नगर्दासम्म नियमित सेवा बन्द गरिएको जानकारी दिए  ।

उनका अनुसार केही कर्मचारीमा भाइरस संक्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले महानगरले यस्ताे निर्णय गरेकाे हाे । त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए ।

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।

प्रकाशित समय ११:३७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु