fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ काठमाडौँको हाँडीगाउँमा कपडा बैँक स्थापना, सित्तैमा वितरण

काठमाडौँको हाँडीगाउँमा कपडा बैँक स्थापना, सित्तैमा वितरण

काठमाडौँ महानगरपालिका ५ हाँडीगााउँमा कपडा बैंक सञ्चालन गरिएको छ । केही युवा तथा सामाजिक संस्थाको पहलमा पहलमा विपन्न वर्गलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको हो ।

कोरोमा महामारी तथा नियन्त्रणका लागि गरिएको लामो समयको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेका वर्ग र समुदायलाई लक्षित गरी कपडा बैंक सञ्चालनमा ल्याएको सामाजिक संस्थाले ‘हाम्रो सोच’ले जनाएको छ । कपडा बैंकबाट आफूलाई चाहिएको कपडा निःशुल्क लैजान सकिनेछ । बैंकले पुराना र नयाँ दुवै खालका कपडा संकलन गरेको वितरण गर्नेछ ।

कपडा बैंक हरेक शनिबार सञ्चालन हुनेछ । शुक्रबारसम्म कपडा संकलन गरिने र सफा गरेर शनिबार वितरणका लागि राखिने ‘हाम्रो सोच’का अध्यक्ष विजयप्रकाश कर्माचार्यले जानकारी दिए । ‘कपडा बैंकबाट असहाय, अशक्त र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने । उनले नयाँ अथवा लगाउन मिल्ने पुराना कपडा संस्थालाई उपलब्ध गराउन अनुरोध गरेका छन् ।

कपडा बैंकका सञ्चालक कर्माचार्यका अनुसार जो कोहीले पनि कपडालगायतका सामान ल्याएर दिन सक्नेछन् । ‘नच्यातिएका र लगाउन मिल्ने लुगा घरमा त्यसै फालिएको हुन्छ, हामीलाई ल्याइदिनुहोस्,’ उनले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई वितरण गर्न थालेका हौँ ।’

प्रकाशित समय २०:३४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु