fbpx
corona information

गृहपृष्ठ महोत्तरीको हलखोरीमा सशस्त्रको बीओपी स्थापना

महोत्तरीको हलखोरीमा सशस्त्रको बीओपी स्थापना

सशस्त्र प्रहरी बलले महोत्तरीको हलखोरीमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्रले ९ नम्बर गणमातहत रहने गरी एकडाँडा गाउँपालिका ४ हलखोरीमा आइतबारदेखि बीओपी स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

बीओपी स्थापनाका लागि आयोजित कार्यक्रममा प्रदेश २ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्माचार्यले सशस्त्र प्रहरी बलले सीमा नाकामा हुने अवैध गतिविधिमा रोकथाम तथा सीमा अतिक्रमण जस्ता संवेदनशील विषयमा राज्यले दिएको जिम्मेवारी लाई अक्षरशः पालना गरेको बताए । ‘हालको समयमा कोभिड १९ नियन्त्रणका लागि सशस्त्र प्रहरी थप जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

त्यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बीओपीका कारण सीमा सुरक्षा थप मजबुत भई अपराध नियन्त्रण हुने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बीओपी स्थापनासँगै र सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी, मानव तस्करीजस्ता घटना नियन्त्रणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामछविला साहले बीओपी स्थापनाले गाउँघरमा शान्ति स्थापना हुने र स्थानीयले सुरक्षित महसुस गर्ने बताए । बीओपी हाल भाडाको घरमा अस्थायी रुपमा सञ्चालन गरिएको छ ।

प्रकाशित समय २०:१३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु