fbpx
corona information

गृहपृष्ठ आन्दोलनरत पत्रकारद्वारा सञ्चारगृहमा १ घण्टे घेराउ

आन्दोलनरत पत्रकारद्वारा सञ्चारगृहमा १ घण्टे घेराउ

Kantipur_NewsKarobar

कोरोना भाइरस महामारीका कारण जनाउँदै रोजगारी खोसिएका, पारिश्रमिक नदिइएका र  श्रमजीवी पत्रकार ऐनअनुसार तोकिएका सेवासुविधा नपाएको भन्दै आन्दोलनरत सञ्चारकर्मीहरूले बिहीबार पनि सञ्चारगृहहरू एक घण्टा घेराउ गरेका छन् ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिबाट बिहीबार कान्तिपुर मिडिया ग्रुप र कारोबार दैनिक अगाडि एक घण्टा घेराउ कार्यक्रम गरेका हुन् । बुधबार अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनमा शान्तिपूर्ण १ घण्टा घेराउ गरिएको संघर्ष समितिले जनाएको छ ।Karobar_NewsKarobar

संघर्ष समितिले न्याय दिलाउन पहल गरिदिन भन्दै  राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएको छ ।  राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकाल र प्रधानमन्त्रीलाई सञ्चार मन्त्रालयका सचिव हरि बस्याल एवं प्रेस सल्लाहकार सूर्य थापामार्फत ज्ञापनपत्र  पठाइएको संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णले जानकारी दिए ।

यस्तै, सभामुखका प्रेस सल्लाहकार श्रीधर न्याैपाने र सभाध्यक्षका प्रेस सल्लाहकार अशाेक पाैडेलमार्फत संसदमा ध्यानकर्षणका लागि समेत ज्ञापनपत्र पेश गरिएको उनले बताए ।

स्मरणीय छ, यसअघि संयुक्त संघर्ष समितिका पत्रकारहरूले कारोबार दैनिक अगाडि ५ दिने अनसन र नयाँ बानेश्वरमा पाँच दिने संयुक्त रिले अनसन गरेका थिए । संयुक्त रिले अनसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, विश्वप्रकाश शर्मा,राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरूले एक्यबद्धता जाहेर गरेका थिए ।

यो पनि पढ्नु होस्ः

आन्दोलनरत सञ्चारकर्मीहरूको आवाज सुन

 

प्रकाशित समय १९:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु