गृहपृष्ठ बिहे गर्ने आश्वासन दिएर यौन शोषण, त्यसपछि बिष खुवाएर मार्ने प्रयास

बिहे गर्ने आश्वासन दिएर यौन शोषण, त्यसपछि बिष खुवाएर मार्ने प्रयास

arrest_पक्राउ_news karobar

बलात्कार र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मोरङ ग्रामथान गाउँपालिका- १ लखनतरी बस्ने ३० वर्षीय विकास कुमार खाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका खाँले २०७६ फागुन २२ गते इटहरी उममहानगरपालिका- २, तालतलैया पार्कको जंगलमा २२ वर्षीया महिलालाई विवाह गर्छु भनी ललाइफकाई बलात्कार गरेको पीडितको आरोप छ । पीडित युवतीका अनुसार बलात्कार गरेपछि खाँले उनलाई बिषादी खुवाई ज्यान मार्ने उद्योगसमेत गरेका थिए ।

घटनामा संलग्न रही फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनकै गाउँघरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु