fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ १ करोड ६५ लाख जरिवाना र ३ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

१ करोड ६५ लाख जरिवाना र ३ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

उनलाई कैद तथा जरिवाना असुलीतर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाइएको परिसरले जनाएको छ ।

प्रकाशित समय १७:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु