fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सडक दुर्घटनाबाट एक वर्षमा ९७ जना कर्णालीबासीले ज्यान गुमाए

सडक दुर्घटनाबाट एक वर्षमा ९७ जना कर्णालीबासीले ज्यान गुमाए

गत पुसमा बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटना।

सवारी दुर्घटनाबाट एक वर्षमा कर्णाली प्रदेशभर ९७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा भएका २ सय ३६ दुर्घटनाबाट ९७ जनाको मृत्यु भएको हो ।

२०७६ साल साउन महिनामा प्रदेशभर २१ वटा दुर्घटना भएकोमा पाँचजनाको ज्यान गएको थियो । सुर्खेतमा ४, दैलेखमा ९, सल्यानमा ३, रुकुमपश्चिममा १, जुम्लामा ३ र कालिकोटमा १ वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी सुर्खेतमा ३, दैलेखमा १ र जुम्लामा १ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार भदौमा सुर्खेतमा ९, सल्यानमा ५, दैलेखमा ३, रुकुमपश्चिममा ३, जुम्लामा १, कालिकोटमा ३, डोल्पामा १ गरी प्रदेशभर २५ दुर्घटना भएका थिए । उक्त घटनामा परी सुर्खेतमा ७, रुकुमपश्चिममा ४, जुम्लामा १ र कालिकोटमा १ जना गरी १३ जनाको ज्यान गएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै २०७६ असोजमा प्रदेशभर ३३ सवारी दुर्घटना भएकोमा चार जिल्लाका ११ जनाले ज्यान गुमाएका थिए । सुर्खेतमा ७, सल्यानमा ९, दैलेखमा ४, रुकुमपश्चिमा २, कालिकोटमा ५, जाजरकोटमा २, डोल्पामा ३, मुगुमा १ वटा दुर्घटना भएकोमा सुर्खेतमा ६, सल्यानमा २, दैलेखमा २ र कालिकोटमा १ जनाले ज्यान गुमाएका हुन् ।

त्यस्तै कात्तिक महिनामा प्रदेशभरका ८ जिल्लामा २० वटा दुर्घटना भएकोमा ५ जिल्लाका ८ जनाले ज्यान गुमाएका थिए । दुर्घटनाबाट ज्यान गुमाउनेहरुमा सुर्खेतका १, सल्यानका ३, दैलेखमा १, रुकुमपश्चिमका २ र डोल्पाका १ जना रहेका छन् । त्यस्तै मंसिरमा प्रदेशभरका ५ जिल्लामा २१ दुर्घटना भएकोमा चार जिल्लाका १२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनाबाट सुर्खेतका २, सल्यानका १, दैलेखका ३ र हुम्लाका ६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

पुसमा प्रदेशभरका पाँच जिल्लामा ३१ वटा दुर्घटना भएकोमा चार जिल्लाका पाँच जनाले ज्यान गुमाएका थिए । दुर्घटनाबाट ज्यान गुमाउनेहरु सुर्खेतका १, सल्यानका १, रुकुमपश्चिमका १ र जाजरकोटका २ जना रहेका छन् । माघमा प्रदेशभरका पाँच जिल्लामा १८ वटा दुर्घटना भएकोमा चार जिल्लाका दश जनाले ज्यान गुमाएका थिए । दुर्घटनाबाट ज्यान गुमाउनेहरुमा सुर्खेतका ५, सल्यानका २, दैलेखका २ र जुम्लाका १ जना रहेका हुन् ।

फागुनमा प्रदेशभरका ६ जिल्लामा १३ वटा दुर्घटना भएकोमा छ वटै जिल्लामा गरी १४ जनाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा सुर्खेतका ७, सल्यानका ३, दैलेखका १, कालिकोटमा १, जाजरकोटमा १ र डोल्पामा १ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै चैतमा प्रदेशभर चारवटा जिल्लामा गरी ७ वटा दुर्घटना भएकोमा चारवटै जिल्लाका चार जनाले ज्यान गुमाएका थिए । सुर्खेतका १, सल्यानमा १, दैलेखमा १ र कालिकोटमा १ जनाले दुर्घटनाबाट ज्यान गुमाएका थिए ।

२०७७ सालको वैशाखमा कर्णालीका पाँच जिल्लामा १७ वटा दुर्घटना भएकोमा दैलेखका १ जनाले ज्यान गुमाएका थिए । जेठ महिनामा प्रदेशभरका ६ वटा जिल्लामा भएका १२ वटा दुर्घटनामा परी चार जिल्लाका ९ जनाले ज्यान गुमाएका थिए । दुर्घटनाबाट ज्यान गुमाउनेहरुमा सुर्खेतका १, दैलेखका १, रुकुमपश्चिमका १ र कालिकोटका ६ जनाले ज्यान गुमाएका हुन् । असारमा प्रदेशभरका ५ जिल्लामा १८ दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी सुर्खेतका ३, सल्यानका १, जुम्लाका १, जनाले ज्यान गुमाएका हुन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर मेघराजप्रसाद चौरासियाले सवारी दुर्घटना हुनुका धेरै कारणहरु भएको बताए । उनका अनुसार ट्राफिक नियमको उल्लंघन नै सवारी दुर्घटनाको प्रमुख कारण हो । ‘कर्णालीमा सडकसमेत राम्रो छैन । यसका साथै ट्राफिक नियमको पालना पनि कम नै भएको छ,’ उनले भने ।

प्रकाशित समय १२:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु