fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ संविधानको मुल मर्म नभुलेर कर्णालीबासीलाई खुसी पारौं : कलौनी

संविधानको मुल मर्म नभुलेर कर्णालीबासीलाई खुसी पारौं : कलौनी

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको मूल मर्म नभुलेर कर्णालीबासीलाई खुसी पार्न आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले संविधानको मर्म र मान्यतालाई कायम राख्दै समृद्ध कर्णाली सुखारी कर्णालीबासी बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन् ।

‘कर्णाली बासीको सपना पुरा गर्न संविधानको मर्म बुझ्नुपर्छ,’ उनले भने, ‘संविधानमा लेखिएका कुरालाई कार्यान्वयन गर्न सके सबैको खुसी फर्किन्छ ।’ उनले सबै राजनीतिक दल मन, बचन र कर्मले संविधान कार्यान्वयन तर्फ लाग्नुपर्ने बताए । उनले सामाजिक एकता कायम गर्दै देश निर्माणमा समेत लाग्न सबैलाई आग्रहसमेत गरे ।

त्यस्तै सभामुख राजबहादुर शाहीले पछिल्लो समयमा राजनीतिक नेतृत्वप्रति जनताको विश्वास घट्दै गएको बताउँदै जनताले विश्वास गर्ने वातावरण बनाउन राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । उनले एकपटक जनताको मत लिने र त्यसपछि फेरि मत माग्ने समयमा मात्रै जनतातर्फ फर्कने प्रवृत्ति मौलाउँदै गएको बताउँदै दीर्घकालसम्म जनताले भरोसा गर्ने खालको वातावरण तयार गरी अघि बढनुपर्ने सुझाव दिए । जनताले चाहे जति, सोचे जतिका अपेक्षा पूरा नभएको स्वीकार्दै सभामुख शाहीले तन्मय र दत्तचित्तका साथ लागेर कमी कमजोरी आत्मसाथ गर्दै जनचाहनालाई केन्द्र विन्दुमा राखेर अघि बढनुपर्नेमा उनले जोड दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनताको बलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धि कसैले पनि खोस्न नसक्ने बताए । जनताको त्याग, सर्मपण, बलिदानी र कैयौं आन्दोलनबाट प्राप्त भएको यो संविधानले आम नागरिकलाई धेरै अधिकार दिएको र अत्यन्तै उत्कृष्ट संविधान भएको उनको भनाई थियो । जनपक्षीय संविधानको रुपमा यो संविधान रहेको बताउँदै यसले निर्दिष्ट गरेका सबै अधिकारको सबैले प्रयोग गर्ने र देशलाई समृद्ध बनाउन सबैको समान सहभागिता आवश्यक रहने मन्त्री ज्वालाले बताए ।

कार्यक्रममा सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाया, योगेन्द्रबहादुर शाही, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय १०:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु